जनता बैंकले बिक्री नभएको हकप्रद शेयर बिक्री गर्दै

Post Date : February 27, 2017 | 3:04 pm

काठमाडौँ, १६ फागुन । जनता बैंक नेपाल लिमिटेडले हकप्रद शेयरको लागि मिति २०७३/८/१ देखि २०७३/९/११ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहतर्फ ३ लाख ९६ हजार ५ सय २६ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख ७१ हजार २६ कित्ता गरी जम्मा ७ लाख ६७ हजार ५ सय ५२ कित्ता शेयर आवेदन नपरेकोले २०७३ चैत १ गतेदेखि २०७३ चैत १५ गतेसम्म बोलकबोलको माध्यमबाट शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

उक्त संस्थापक र सर्वसाधारण समूह तर्फको शेयरको न्यूनतम मूल्य प्रति शेयर रु १००/– तोकिएको छ । बोलपत्रमा प्रति शेयर रु १००/– वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १ सय कित्ता वा सोभन्दा बढीको लागि १० ले भाग जाने गरी पेश गर्नु पर्नेछ । बिक्री प्रबन्धक एन.सि.एम. मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *