जनता बैंक नेपालद्वारा २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने

Post Date : June 13, 2016 | 3:52 pm

काठमाडौं, ३१ जेठ । जनता बैंक नेपाल लिमिटेडको छैटौं वार्षिक साधारण सभाले २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको अधिकृत पूँजी ४ अर्ब रुपैयाबाट वृद्धि गरी १० अर्ब रुपैया पु¥याउने, बैंकको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल प्रत्येक २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने, बैंक संस्थापक समूहमा रहेको ७० प्रतिशत शेयर हिस्सालाई ५१ प्रतिशतमा झार्ने प्रस्ताव पारित गरेको छ । बैंकले आ.व. २०७१÷७२ को तेस्रो चौमासिक अन्त्यसम्म २२ अर्ब ८९ करोड रुपैया निक्षेप संकलन गरी १९ अर्ब ६१ करोड रुपैया कर्जा प्रवाह गरी २२ करोड ६६ लाख रुपैया खुद मुनाफा गरेको बताएको छ ।

One thought on “जनता बैंक नेपालद्वारा २ कित्ता शेयर बराबर एक कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने

  • कहिले देखि हकप्रद शेयर वितरण गर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *