जनता बैंक र त्रिवेणी विकास बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

Post Date : March 15, 2017 | 12:40 pm

काठमाडौँ, २ चैत । नेपाल राष्ट्र बैंकले जनता बैंक नेपाल लिमिटेडमा त्रिवेणी विकास बैंक गाभ्नको लागि स्वीकृति दिएको छ ।

मर्जरको प्रयोजनको लागि गरिएको डिडिए प्रतिवेदनलाई आधार मानी दुवै बैंकको १ बराबर १ शेयरको अनुपातमा हुने गरी स्वाप रेसियो काम गर्ने सहमति यसअघि नै भइसकेको छ ।

एकीकृत कारोवार शुरु भएपछि सिद्धार्थ डेभलपमेन्ट बैंकलाई पनि यसै आर्थिक वर्षभित्र गाभिसक्ने तयारी भइरहेको बैंकले जनाएको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको हाल चुक्ता पूँजी १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरिसकेको छ । हकप्रद शेयर जारी गरेपछि चुक्ता पूँजी २ अर्ब २७ करोड ६ लाख रुपैयाँ पुग्नेछ ।

जनता बैंक नेपाल लिमिटेडले दुवै विकास बैंकलाई गाभेपछि चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *