जनता बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

Post Date : May 13, 2016 | 9:11 am

काठमाडौं, ३१ बैशाख । जनता बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा संचालनका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार जनता बैंकलाई क्लियरिङ्ग हाउसले एनसीएचएल आइपीएस प्रणाली उपलब्ध गराउने छ । यस मार्फत कारोबार छिटो, सहज, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित भएकोले जोखिमसमेत कम हुने क्लियरिङ्ग हाउसको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *