जनरल फाइनान्स र क्लियरिङ हाउस बीच सम्झौता

Post Date : December 28, 2016 | 1:21 pm

काठमाडौँ, १३ पुस । जनरल फाइनान्स र क्लियरिङ हाउस बीच विद्युतीय चेक क्लियरिङ प्रणाली (एनसीएचएल–इसीसी) सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा जनरल फाइनान्स लिमिटेडका उप–प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौताअनुसार नेपाल क्लियरिङ हाउसले जनरल फाइनान्स लिमिटेडलाई विद्युतीय चेक क्लियरिङ प्रणाली सेवा उपलब्ध गराउनेछ ।

अब नेपाल क्लियरिङ हाउसमा आवद्ध हुने बैंक तथा वित्तीय संस्थाकोे संख्या ११० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *