जर्मनीलाई २–० ले हराउँदै अायोजक फ्रान्स युरो २०१६ को फाइनलमा प्रवेश

Post Date : July 8, 2016 | 2:48 am

मार्सेले, फ्रान्स, २४ असार । युरो २०१६ अन्तर्गत आयोजक राष्ट्र फ्रान्स र जर्मनीबीच भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्स २–० ले जर्मनीलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

germany1

पहिलो हाफको ७औं मिनेटमा फ्रान्सले गोल हान्ने सुनौलो अवसर पाएको थियो । सो अवसरलाई फ्रान्सका ग्रिजम्यनले गोलपोष्टको दाहिने च्यापेर हानेको बल जर्मनीका गोलकिपरले रोक्न सफल भएको थियो । त्यस्तै जर्मनीका मुलरले १३औं मिनेटमा पाएको अवसरलाई पनि गोल गर्न सफल भएन । पोष्टको बायाँ च्यापेर हानेको उक्त बललाई फ्रान्सका गोलकिपरले रोक्न सफल भएको थियो ।

france1

खेलको पहिलो हाफमा जर्मनीले फ्रान्सविरुद्ध निकै दबाब बनाइरहेको थियो । जर्मनीले प्रहार गरेका धेरै प्रहारलाई फ्रान्सका गोलकिपरले बचाउन सफल भएको थियो ।

france2

पहिलो हाफको थप गरिएको २ मिनेटको अतिरिक्त समयमा फ्रान्सले जर्मनी विरुद्ध कर्नर किक हान्ने अवसर पायो । उक्त कर्नर किक बल जर्मनीका स्वाइन्सटाइगरको हातमा लागेकोले फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी बललाई फ्रान्सका ग्रिजम्यानले गोलमा परिणत सफल भयो ।

खेलको पहिलो हाफ जर्मनीले निकै दबाब बनाउन सफल हुनाको बाबजुद जर्मनी एक गोलले पछि परेको थियो ।

france4

दोस्रो हाफको ७२औं मिनेटमा फ्रान्सका ग्रिजम्यानले जर्मनीविरुद्ध गोल गरी फ्रान्सको अग्रतालाई दोब्बर पारे । फ्रान्सका पोग्बाले जर्मन डिफेन्डरलाई छक्याएर दिएको पासबललाई ग्रिजम्यानले गोल गर्न सफल भएको थियो ।

फ्रान्सका ग्रिजम्यानले ८६औं मिनेटमा ह्याट्रिक गर्ने अवसर पाएको थियो, तर गोलमा परिणत गर्न सकेन ।

निर्धारित समय र थप गरिएको ३ मिनेटको समयमा जर्मनीले कुनै गोल गर्न सकेन । आयोजक राष्ट्र फ्रान्स २–० ले जर्मनीलाई हराउँदै युरो २०१६ को फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल फ्रान्स र पोर्चुगलबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *