जहाज किन्न निजी बैंकले २५ अर्ब रुपैया उपलब्ध गराउने

Post Date : May 2, 2016 | 11:05 am

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई ठूलो आकारको दुई थान “वाइड बडी” जहाज किन्न आवश्यक २५ अर्ब रुपैया निजी क्षेत्रका ठूला बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने भएका छन् ।

निजी क्षेत्रका दुई ठूला नबिल बैंक र हिमालयन बैंकले जहाज किन्न आवश्यक २५ अर्ब रुपैया उपलब्ध गराउने इच्छा देखाएको निगमले जनाएको छ ।

दुवै बैंक वार्षिक ६ देखि ७ प्रतिशत ब्याज दरमा ऋण दिन तयार छन् । यो प्रक्रिया सफल भयो भने आफ्नो देशको पैसा देश भित्र रहन्छ र प्रतिफल पनि चाँडै प्राप्त हुनेछ । निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित दुईसय पचासदेखि दुईसय असी सिटका “ए३३०–२००” सिरिजका दुई जहाज ल्याएर लामो दुरी (लङ हल) गन्तव्यमा उडान भर्ने योजना बनाएको छ ।

सरकारी संस्थानसँग ऋणको ब्याज बढी पनि भएकोले निगम व्यवस्थापन पछिल्लो पटक निजी क्षेत्रको कुनै ठूला बैंकका अगुवाईमा थप एकदर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाले लगानी गरे भने रकम जुट्न सक्ने निगमको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *