जापानमा नवौँ नेपाल महोत्सव

Post Date : July 28, 2016 | 4:07 pm

टोकियो (जापान), १३ साउन । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएकोे छ ।

नेपाल–जापान सम्बन्धको ६०औँ वर्षगाँठको अवसरमा टोकियोको योयोगी पार्कमा आयोजना गरिने नेपाल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको मूल आयोजक समितिका संयोजक तथा गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो । नेपाल र नेपाली चिनाउने महोत्सवका रुपमा लिइएको सो कार्यक्रमअन्तर्गत नेपाली कला, संस्कृति र नेपाली खाना तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरिने बताइएको छ ।

समितिका उपसंयोजक एवम् सङ्घका उपाध्यक्ष देवीलाल भण्डारीले महोत्सवमा चर्चित नेपाली तथा जापानी कलाकारको साङ्गितिक प्रस्तुति रहने बताउनुहुन्छ । महोत्सव अवधिभर सबैजनालाई आआफ्नै कला सस्ंकृति र पहिचान झल्काउने पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ । करिब ५० कक्ष राखिएको नेपाल महोत्सवको ४५ हजार नेपालीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *