जी–२० सम्मेलनले चीन र युरोपलाई धेरै फाइदा

Post Date : August 30, 2016 | 5:53 pm

ब्रसेल्स, १४ भदौ । चीनमा आगामी साता हुन लागेको जी–२० को सम्मेलनले विशेषगरी आयोजक राष्ट्र चीन र युरोपेली युनियनलाई धेरै फाइदा पुग्ने बताइएको छ ।

चीन र युरोपेली बजार विस्तारका साथै यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र त्यसले लगानीका थप मार्गहरुको पनि पहिचान गर्ने जनाइएको छ ।

युरोपेली अर्थविज्ञहरुले पछिल्लो समयमा मन्दीको सामना गरिरहेको युरोपेली बजारका लागि चीनले आयोजना गरेको यस सम्मेलनले आर्थिक बृद्धिका लागि फाइदा पुग्ने बताएका छन् ।

उनीहरुले यस बैठकले आगामी दिनमा अािर्थक बृद्धिका साथ युरोपली र चिनियाँ क्षेत्रमा थप सम्भावनाहरु खोज्नसक्ने दाबी पनि गरेका छन् ।

यस सम्मेलनको आयोजना चीनले गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजले जनाएका हुन् ।

उक्त इन्स्टिच्युटका विज्ञहरुले यस सम्मेलनले आर्थिक लगानीका क्षेत्रमा चीन र युरोपमा थप सम्भावना खोज्नुका साथै जी–२० मा संलग्न विश्वका देशको आर्थिक विकास र समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।

जी–२० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस सङ्गठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशको सहभागिता छ ।

चीनले सन् २००८ पछि विशेषगरी युरोपेली क्षेत्रमा सुरु भएको आर्थिक मन्दीको निराकरणका लागि विगतमा पनि चीनले खेलेको विशेष भूमिकाका कारण विश्व अर्थतन्त्रको अवस्थामा सुधार आएको उनीहरुको भनाई छ ।

विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधानमा चीनले रचनात्मक भूमिका निर्वाह गरेको उनीहरुको भनाई छ ।

विश्वका २० वटा यी आर्थिक सम्पन्न र औद्योगिक देशको सहभागिता रहेको यस सम्मेलनले विश्वको अर्थतन्त्रको विकास, लगानीका लागि मैत्रीपूर्ण वातावरणको निर्माणका साथै आर्थिक बृद्धिका क्षेत्रमा आवश्यक पहल गर्ने बताइएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *