जेबिल्स फाइनान्सले १२.५० प्रतिशत बोनस शेयर दिने

Post Date : January 12, 2017 | 2:20 pm

काठमाडौँ, २८ पुस । जेबिल्स फाइनान्स लिमिटेडको सातौँ वार्षिक साधारणसभाले १२ दशमलब ५० प्रतिशत बोनस शेयर र शून्य दशमलब ६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साथै बोनस शेयर वितरणपछि कायम हुन आउने चुक्ता पूँजीको १ बराबर १ का दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७२÷७३ मा ९७ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ९४ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ४ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *