जेब्रा क्रसिङ्ग मर्मतमा यती बैंककोे सहयोग

Post Date : June 5, 2017 | 11:52 am

काठमाडौँ, २२ जेठ । यती डेभलपमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने तथा सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेका बिभिन्न संघ संस्थालाई सहयोग गर्ने जस्ता कार्यहरु बिगत लामो समय देखि गर्दै आईरहेको छ । यसै क्रममा बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौँको विभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन गरी सर्वसाधारणलाई सजिलै जेब्राक्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने उद्देश्यले, जेब्राक्रसिङ्ग मर्मत गरिदिने भएको छ ।

४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा हुने गरेको र योग्य नागरिकलाई गुमाउन परेको तथ्यको जानकारी दिनुहुँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानको शुरुवात गरेको बताउनु भयो । त्यस्तै ट्राफिक प्रहरीको यस अभियानलाई सहयोग गर्दै यती डेभलपमेण्ट बैंकले पैदल यात्रुहरुलाई बाटो काट्न सहज बनाइदिने अभिप्रायले जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन तथा मर्मत गरीदिने जस्तो प्रशंसनीय कार्य गरेकोमा नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले खुशी ब्यक्त गर्दै धन्यबाद ब्यक्त गर्नु भएको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *