ज्योति विकास बैंकका नयाँ तीन शाखा

Post Date : June 1, 2017 | 4:35 pm

काठमाडौँ, १८ जेठ । ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको वीरेन्द्रनगर र दाङको घोराहीमा एकैदिन शाखा संचालन गरेको छ । झुम्का शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगर शाखाका निर्देशक रामु पौडेल र झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले गर्नु भएको छ । त्यसै गरी वीरेन्द्रनगर शाखाको उद्घाटन सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी र बैंकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रूपमा गर्नु भएको छ भने घोराही शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगञ्ज शाखाका निर्देशक गुरुप्रसाद पौडेल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे र बैंकका संचालक नारायणप्रसाद पौडेलले संयुक्त रूपमा गर्नु भएको छ । यी शाखाहरूसमेत बैंकको शाखा संख्या ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *