ज्योति विकास बैंकको एटिएम देवघाटमा

Post Date : December 21, 2016 | 2:56 pm

काठमाडौँ, ६ पुस । तनहुँ र चितवनको सिमानामा पर्ने धार्मिक तिर्थस्थल देवघाटमा ज्योति विकास बैंकले पहिलो पटक एटिएम सेवा सुरु गरेको छ । जेष्ठ नागरिकलाई सहज रुपमा बैंकिङ्ग सेवा दिने उद्देश्यले बैंकको भरतपुर शाखाले देवघाटमा रहेको एक्सटेन्सन काउण्टर मार्फत एटिएम सेवा सुरु गरेको छ ।

उक्त एटिएम सेवाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कँुवर, महेश संस्कृति गुरुकुलका प्राचार्य गुरुप्रसाद सुवेदी र देवघाट गाविसका सचिव बुध्दिसागर भुसालले संयुक्त रुपमा गर्नु भएको छ । बैंकको हाल देशभर २९ शाखा रहेको छ । बैंकले चाँडै नै ६ वटा शाखा विस्तार गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *