ज्योति विकास बैंकको खुद मुनाफा १९ करोड २६ लाख रुपैयाँ

Post Date : May 2, 2017 | 4:29 pm

काठमाडौँ, १९ वैशाख । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन र ८ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १९ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको यसै अवधिमा निस्क्रिय कर्जा अनुपात ०.९९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७७.७३ प्रतिशत रहेको छ ।

बैंकको हाल चुक्ता पूँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड ९४ हजार रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *