ज्योति विकास बैंकको १२ औँ एटिएम भिंगृबजारमा

Post Date : March 3, 2017 | 8:32 pm

प्युठान, २० फागुन । ज्योति विकास बैंकले प्युठान जिल्लाको भिंगृबजार एटिएम संचालनमा ल्याएको छ । यो बैंकको १२ औँ एटिएम हो । बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उक्त एटिएम सेवाको उद्घाटन गर्नु भएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तसम्म ९ अर्ब १२ करोड ९० लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ५४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब १९ प्रतिशत र कर्जा निक्षेप अनुपात ७६ दशमलब २६ प्रतिशत रहेको छ । चुक्ता पूँजी १ अर्ब १० करोड १९ लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *