ज्योति विकास बैंकले ३३ लाख ७७ हजार ५ सय कित्ता शेयर बोलकबोलद्वारा बिक्री गर्ने

Post Date : June 29, 2017 | 1:28 pm

काठमाडौँ, १५ असार । ज्योति विकास बैंकले हकप्रद शेयरको लागि बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापकतर्फ २८ लाख १२ हजार ३ सय ३६ दशमलब ६० कित्ता र सर्वसाधारणतर्फ ५ लाख ६५ हजार १ सय ७१ दशमलब ४० कित्ता गरी जम्मा ३३ लाख ७७ हजार ५ सय ८ कित्ता हकप्रद शेयरका लागि आवेदन नपरेकोले बोलकबोलद्वारा बिक्री गर्ने भएको छ ।

बिक्री गरिने शेयरको न्यूनतम रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी खरिदकर्ताले २०७४ असार २१ गतेदेखि २०७४ असार २८ गते अपरान्ह ३ बजेभित्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालमा गोप्य सिलबन्दी निवेदन दिइसक्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *