ज्योति विकास बैंक र झिमरुक विकास बैंक मर्ज भई एकीकृत कारोवार सुरु

Post Date : August 13, 2016 | 10:48 am

काठमाडौं, २९ साउन । काठाडौंमा प्रधान कार्यालय रहेको ज्योति विकास बैंक र प्युठानमा प्रधान कार्यालय रहेको झिमरुक विकास बैंक मर्ज भई एकीकृत कारोवार सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवती नेपालले एकीकृत कारोवारको शुभारम्भ गर्नु भएको छ । सो अवसरमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवर, झिमरुक विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मदनबहादुर के.सी. र प्रमुख जिल्ला अधिकारी जनकराज शर्माको उपस्थिति रहेको थियो । दुवै बैंक गाभिएपछि ज्योति विकास बैंककै नामबाट कारोवार हुने जनाइएको छ ।

गाभिएपछि ज्योति विकास बैंकको चुक्ता पूँजी ९८ करोड ६६ लाख रुपैया पुग्नेछ । त्यस्तै बैंकको ७ अर्ब ६८ करोड ७३ लाख रुपैया कुल निक्षेप र ६ र्ब २३ करोड २५ लाख रुपैया कुल कर्जा प्रवाह पुग्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *