ज्योति विकास बैंक र झिमरुक विकास बैंकले एकीकृत कारोवार सुरु गर्ने

Post Date : August 10, 2016 | 10:59 am

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बेंकले ज्योति विकास बैंक र झिमरुक विकास बैंकलाई एकीकृत कारोवार गर्नका लागि अन्तिम स्वीकृति दिएको छ ।

दुवै बैंकले साउन २८ गते एकीकृत कारोवार गर्ने भएका छन् । दुवै बैंक एकआपसमा मर्ज भएपछि ज्योति विकास बैंककै नामबाट कारोवार हुनेछ । दुवै बैंक गाभिएपछि चुक्ता पूँजी ९८ करोड ३२ लाख ७३ हजार रुपैया हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *