झापामा नौ सय सहकारी

Post Date : August 3, 2017 | 4:38 pm

भद्रपुर, १९ साउन । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३/७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताउनु्भयो ।

बचत तथा क्रृण लगानी गर्ने २९८ वटा सहकारीमा गत आवमा रु पाँच अर्ब २८ करोड ८७ लाख ९७ हजार बचत भएको थियो । जिल्लामा रु एक करोडदेखि रु पाँच करोडसम्म कारोबार गर्ने सहकारी १४६ र रु पाँच करोडदेखि रु ५० करोडसम्मको कारोबार गर्ने ४८ सहकारी छन् । रु ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारी चारवटा छन् । रु ५० करोडभन्दा माथि कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड मेचीनगर नगरपालिका, सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था लिमिटेड विर्तामोड, मेची सहकारी संस्था लिमिटेड दमक र सूर्य दर्शन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड दमक छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *