टुरिजम् डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : February 28, 2017 | 11:20 am

काठमाडौँ, १७ फागुन । टुरिजम् डेभलपमेन्ट बैंकलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बैंकले १ सय रुपैयाँ अंकित मूल्यमा ९१ लाख ९७ हजार ७ सय १२ कित्ता बराबर ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँको हकप्रद शेयर निष्काशनको स्वीकृति पाएको हो ।

बैंकको हाल ९१ करोड ९७ लाख ७१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको पूँजी १ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले मातृभूमि विकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई गाभेर २०७३ पुस २४ गतेबाट एकीकृत कारोवार गर्दै आएको छ ।

टुरिजम् डेभलपमेन्ट बैंकले मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरमा जान सम्झौता गरिसकेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १० अर्ब ७४ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन र ९ अर्ब २४ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा १ दशमलब ३० प्रतिशत रहेको छ भने कर्जा/निक्षेप अनुपात ७९ दशमलब ४८ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *