टुरिजम् डेभलपमेन्ट बैंकको ७ लाख ४ हजार ७ सय ३८ कित्ता शेयर बिक्रीमा

Post Date : June 11, 2017 | 10:57 am

काठमाडौँ, २८ जेठ । टुरिजम् डेभलपमेन्ट बैंकले ८४ लाख ९२ हजार ९ सय ७४ कित्ता शेयर २०७४ जेठ २२ गते बाँडफाँड गरेको छ । बैंकले २०७३ माघ ६ गतेसम्म कायम शेयरधनीहरूका लागि ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

हकप्रद शेयरको लागि संस्थापकतर्फ ४ लाख ३८ हजार २ सय दशमलब ८० कित्ता र सर्वसाधारणतर्फ २ लाख ६६ हजार ५ सय ३७ दशमलब २० कित्तासमेत गरी जम्मा ७ लाख ४ हजार ७ सय ३८ कित्ताको लागि आवेदन नपरेकोले शिलबन्दी बोलपत्रद्वारा बैंकले बिक्री गर्ने भएको छ ।

शेयरको न्यूनतम मूल्य रु.१००।– तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *