टुरिजम डेभलपमेन्ट बैंकको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल मार्केट्स

Post Date : October 20, 2016 | 11:37 am

काठमाडौं, ४ कार्तिक । टुरिजम डेभलपमेन्ट बैंकले जारी गर्न लागेको हकप्रद शेयरको बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्सले गर्ने भएको छ । उक्त काम गर्नको लागि टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआइबिएल क्यापिटल मार्केट्सका महा–प्रबन्धक मेखबहादुर थापाले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकले कालिन्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकलाई प्राप्ति (एक्वायर) गरेपछि कायम हुने चुक्ता पूँजीमा १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर जारी गर्ने निर्णय बैंकले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *