टुरिजम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार शुरु

Post Date : January 9, 2017 | 4:49 pm

काठमाडौँ, २५ पुस । टुरिजम डेभलपमेन्ट बैंकले दोलखामा मुख्य कार्यालय रहेको कालिन्चोक डेभलपमेन्ट बैंक र सिन्धुलीमा मुख्य कार्यालय रहेको मातृभूमि विकास बैंकलाई गाभि टुरिजम डेभलपमेन्ट बैंकको नामबाट एकीकृत कारोवार शुरु भएको छ ।

दुई विकास बैंक गाभिएपछि टुरिजम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ९१ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै निक्षेप १० अर्ब ५० करोड रुपैयाँ र कर्जा ९ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको कुल शाखा २२ वटा एउटा एक्सटेन्सन काउन्टर र एटिएम संख्या १२ वटा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *