टुरिजम डेभलपमेन्ट बैंकले १९.८ प्रतिशत लाभांश वितरण गर्ने

Post Date : November 29, 2016 | 5:00 pm

काठमाडौँ, १४ मङ्सिर । टुरिजम डेभलपमेन्ट बैंक संचालक समितिको एकसय बहत्तरौं बैठकले आर्थिक वर्ष २०७२।७३ को खुद मुनाफा मध्येबाट १९.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण सम्बन्धी प्रस्ताव बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

बैंकले आर्थिक वर्ष २०७२।७३ मा १९ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो । बैंकले उक्त अवधिमा ८ अर्ब २६ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८९ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । त्यस्तै निस्क्रीय कर्जा अनुपात १.७४ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *