टुरिजम डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

Post Date : March 8, 2017 | 8:29 am

काठमाडौँ, २५ फागुन । टुरिजम डेभलपमेन्ट बैंकले २०७३ माघ ६ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ बराबर १ को (१ः१) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले रु.१००/– अंकित दरका ९१ लाख ९७ हजार ७ सय १२ कित्ता बराबरको ९१ करोड ९७ लाख ७१ हजार २ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकले हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला मिति २०७३ चैत १२ गतेदेखि २०७४ बैशाख १७ गतेसम्म गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड तोकेको छ ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म १० अर्ब ७४ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन र ९ अर्ब २४ करोड १७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको यसै अवधिसम्म चुक्ता पूँजी ९१ करोड ९७ लाख ७१ हजार रुपैयाँ र जगेडा कोषमा ४८ करोड ६९ लाख २ हजार रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *