टेलिकमको वाइमेक्स सेवा ७५ जिल्लामा विस्तार

Post Date : October 28, 2016 | 8:11 am

काठमाडौँ, ११ कात्तिक । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ ।

उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको विस्तार गरेपछि अब ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ ।

वाइम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा आधुनिक फोर–जी प्रविधिको इन्टरनेट सेवा हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *