टोखामा ढाका बुनाइ तालिम

Post Date : December 13, 2016 | 3:32 pm

काठमाडौँ, २८ मङ्सिर । आब २०७२/७३ को दोस्रो तथा आव २०७३/७४ को पहिलो सत्रमा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, भैँसेपाटी तथा महिला जागरण समाज नेपाल, टोखाको संयुक्त तत्वावधानमा आयोजित ढाका बुनाइसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ ।

प्रशिक्षक रामलाल श्रेष्ठले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिमका प्रशिक्षार्थीलाई सीपलाई निरन्तरता दिन र टोखामा ढाका कपडाको व्यवसाय गर्न सुझाव दिनुभयो । तालिम संयोजक ज्ञानमाया डङ्गोलले तालिममा सिकेको सीपलाई आफ्नो व्यवसायमा लगाउनुपर्ने बताउनुभयो ।

तालिमका प्रशिक्षार्थीद्वय शारदा लवट र हेकुललक्ष्मी श्रेष्ठले तालिममा सिकेको सीपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रशिक्षक एवम् तालिम केन्द्रका प्रतिनिधि प्रशिक्षकलाई सम्मान र प्रशंसापत्र प्रदान गरिएको थियो । तालिममा ५२ जना महिला पुरुषको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *