ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारतको रोमाञ्चक जित

Post Date : March 25, 2016 | 8:51 am

ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारतको रोमाञ्चक जित

काठमाडौं, ११ चैत । बंगलादेशलाई अन्तिम बलमा हराउँदै आयोजक भारतले विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ । बैंङ्लोरमा गएराति सम्पन्न खेलमा भारतले अन्तिम तीन बलमा लगातार तिन विकेट लिँदै जित हात पारेको हो । खेलको अन्तिम तीन बलमा भारतका हार्दीक पाण्डेले तीन विकेट झोरेपछि भारत १ रनले विजयी भएको हो ।

यसअघि खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनायो । भारतका लागि सुरेश रैनाले ३० रन जोडे । जवाफमा १ सय ४७ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । बंगलादेशका लागि तमिम ईकबालले ३५ रन जोडे । जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने बंगलादेश सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ ।

उता, अफगानिस्तानलाई पराजित गर्दै इङ्ल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । दिल्लीमा हिजो भएको खेलमा इङल्याण्डले अफगानिस्तानलाई १५ रनले हरायो । १ सय ४३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ९ विकेटको क्षतिमा एक सय २७ रन मात्रै बनाउन सक्यो । सफिकुल्लाहले २० बलमा अविजित ३५ रन जोडेको इनिङमा इङ्ल्यान्डका डेभिड वाइली र अदिल रशिदले समान २-२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *