ठगीको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

Post Date : February 11, 2018 | 6:03 pm

काठमाडौँ, २८ माघ । सहकारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा साइरीयस बचत तथा सहकारी संस्थाका अध्यक्ष मुकुन्दलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

कालीमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार क्षेत्रीले २०० भन्दा बढी व्यक्तिको रु एक करोड १९ लाख ठगी गरेको भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरी परेको जानकारी दिनुभयो ।

सोभन्दा धेरै रकम उनले ठगी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो । साइरीयस सहकारी संस्थाका अध्यक्ष र साइरीयस कलेजका पूर्वअध्यक्ष रहेका श्रेष्ठले कलंकी, रामकोटलगायतका क्षेत्रका बासिन्दाको रकम ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

नायब उपरीक्षक क्षेत्रीले भन्नुभयो, “सहकारीमा शेयर रकम र दैनिक बचत रकम भन्दै उठाएको रकम उनले आफुखुशी खर्च गरेको देखिएको छ । यसबारे अनुसन्धान भइरहेको छ ।” आफन्तलाई नै सञ्चालक राखेर उनले सहकारी स्थापना गरेका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *