डिप्रोक्स लघुवित्तले लाभांश दिने

Post Date : February 21, 2017 | 12:04 pm

काठमाडौँ, १० फागुन । डिप्रोक्स लघुवित्त विकास बैंकले गत आर्थिक वर्ष २०७२।७३ को मुनाफा १९ करोड २७ लाख रुपैयाँ र संचित नाफाबाट शेयरधनीलाई १७ दशमलब ६३ प्रतिशत नगद लभांश (बानस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) र ३५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर र नगद लाभांश वितरण बैंकको आगामी २०७३ फागुन २३ गते, सोमबार बस्ने पन्ध्रौँ वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

बैंकको मिति २०७३ असार १५ गते बसेको विशेष साधारण सभाबाट पारित भएको निर्णय अनुसार चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८ सय ४५ रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । शेयरधनी पुस्तिका बन्द भएको मिति २०७३/११/२ भन्दा अघिल्लो दिनसम्म नेप्सेमा भएको कारोवारलाई मात्र हकप्रद शेयर दिइने जनाइएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकमा १ अर्ब ३९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ४ अर्ब ६९ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरी १४ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ बैंकको हाल चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८ सय ४५ रुपैयाँ छ भने जगेडा कोषमा ५९ करोड ५ लाख ३६ हजार १०२ रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै निस्क्रिीय कर्जा शून्य दशमलब ७७ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *