डिप्रोक्स लघुवित्त विकास बैंकले सय प्रतिशत हकप्रद शेयर जारी गर्ने

Post Date : December 7, 2016 | 1:36 pm

काठमाडौँ, २२ मङ्सिर । डिप्रोक्स लघुवित्त विकास बैंकले १ सय प्रतिशत (१ः१ को अनुपात) हकप्रद शेयर जारी गर्ने भएको छ ।

बैंकको हाल रहेको चुक्ता पूँजी २५ करोड ७९ लाख २३ हजार ८ सय ४५ रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

बैंकले हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *