तिनाउ विकास बैंकको कोटिहवा शाखा स्थानान्तरण

Post Date : May 19, 2016 | 2:08 pm

भैरहवा, ६ जेठ । यस क्षेत्रमा बंैकिङ्ग कारोवार मार्फत जनताको सेवामा समर्पित रहँदै आएको तिनाउ विकास बैंक कोटिहवा शाखा बुधवार नया भवनमा सरेको छ ।

कोटिहवा चोकबाट पश्चिम तर्फ रहेको बैंकको उक्त शाखा अब चोकको पूर्व तर्फ नया भवनमा सरेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिबनाथ पाण्डेले नया भवनमा सरेको शाखाको उदघाटन एक कार्यक्रम बिच गरेका छन् ।

शाखाको उदघाटन गर्दै उनले, “अब बैंकहरु शहर केन्द्रित नभई ग्रामिण क्षेत्रमा समेत आफ्नो कारोवार बढाउनु पर्ने भन्दै सहजरुपमा आम सर्वसाधरणलाई सेवा दिन अनुरोध गरेका थिए ।

उदघाटन कार्यक्रममा तिनाउ बिकास बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्र प्रसाद ओझाले, “तिनाउ विकास बैंक शहर केन्द्रित नभई गाउ केन्द्रित रहेर आफ्नो सेवा प्रदान गरिरहेको जनाएका थिए । उनले तिनाउ विकास बैंक जनताको आवश्यकता अनुसार अगाडि बढ्ने जानाकारी दिदै उपस्थित आमसर्वसाधरणलाई ढुक्क भएर कारोवार गर्न अनुरोध गरेका थिए ।

वुटवलमा केन्द्रीय कार्यालय रहेको यो बैंकले विगत एक दशकदेखि आफ्नो कारोवार गर्दै आएको छ । चालु वर्षमा करिब ३ अर्ब निक्षेप संकलन र २ अर्ब ४० करोड कर्जा प्रवाह गरेको यस बैंकका ५० हजार भन्दा बढी ग्राहक रहेका छन् ।

११ वटा शाखा मार्फत आफ्नो सेवा प्रवाह गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकको ख वर्गको इजाजत प्राप्त बैंक हो । बैंकको रुपन्देही, नवलपरासी र चितवनमा आफ्ना शाखा कार्यालयहरु रहेका छन् । यसमा सयभन्दा बढी कर्मचारीले समेत रोजगार पाएका छन् ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख रेवती प्रसाद नेपाल, उद्योग ब्यापार संघ तिलोत्तमा शाखाका अध्यक्ष दिपक गैरे, तिलोत्तमा ब्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कंडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, बैंक सञ्चालक समिति सदस्य जीवन प्रसाद ओझा लगायतका अथितिहरुले उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।

तिनाउ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *