तिनाउ विकास बैंकको दशौं साधारण सभा सम्पन्न

Post Date : October 24, 2016 | 5:06 pm

बुटवल, ८ कार्तिक । बुटवलको हस्पिटललाइनमा केन्द्रीय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा कार्तिक ८ गते सोमवार होटल क्लव दि डेनोभो बुटवलमा सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा सर्वसाधारण शेयर धनी तर्फका संचालक सुरेन्द्र प्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने बैंकका अध्यक्ष राजेन्द्र प्रसाद ओझाले सञ्चालक समितिको तर्फबाट आ.व. २०७२।७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उक्त साधारण सभामा आ.व. २०७२।७३ को लेखा परीक्षण प्रतिवेदन, २०७३ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको बारेमा छलफल भएको थियो । उक्त साधारण सभाले २०७२।७३ को मुनाफाबाट पूँजी २७ करोड ३० लाख ९६ हजार २ सय पचास रुपैयाको २५ प्रतिशतले रु ६ करोड ८२ लाख ७४ हजार ६२ रुपैया ५० पैसा बराबर बोनस शेयर र कर प्रयोजनार्थ १.३१५७८९४७३ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरयो । उक्त स्वीकृत वोनस शेयर वितरण गरे पश्चात बैंकको चुक्ता पूँजी ३४ करोड १३ लाख ७० हजार ३ सय १२ रुपैया ५० पैसा पुग्ने जानकारी गराएको छ । उक्त सभाबाट ३५ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतीबाट पारित भयो । उक्त सभामा संस्थापक शेयरधनी तथा संचालक समिति सदस्य उज्वल प्रसाद कसजुले बैंकको गतिविधि तथा साधारण सभाको बारेमा स–धन्यवाद सहित समापन गर्नु भएको थियो ।

रुपन्देही, नवलपरासी र चितवन गरी ३ जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रीय कार्यालय सहित एघार वटा शाखा बाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र ग्राहकलाई एटिएम सेवा, रेमिट्यान्स सेवा, लकर सुविधा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, विहानी तथा सन्ध्याकालिन काउन्टर, एस.एम.एस बैंकिङ्ग, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेड मोबाइलको बिल भुक्तानीजस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *