तिनाउ विकास बैंक ‘क’ वर्गमा सूचीकृत

Post Date : February 19, 2017 | 3:51 pm

काठमाडौँ, ८ फागुन । नेपाल स्टक एक्सचेञ्जले (नेप्से) ले तिनाउ विकास बैंक ‘क’ वर्गमा सूचीकृत गरेको छ । नेप्सेले चुक्ता पूँजी, साधारण शेयरको संख्या, मुनाफा, शेयर किताबी मूल्य आय व्यव विवरणका आधारमा बैंकलाई सूचीकृत गरेको हो । बैंक आर्थिक वर्ष २०७३।७४ मा ‘क’ वर्गमा वर्गिकरण भएको छ ।

रुपन्देही, नवलपरासी र चितवन ३ जिल्ला कार्यक्षेत्र रहेको बैंकको ११ वटा शाखा मार्फत बैकिङ कारोवार गर्दै आएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को पुस मसान्तमा ३ अर्ब ६४ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन, ३ अर्ब ९ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ करोड १८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको चुक्ता पूँजी ३८ करोड ७५ लाख ६० हजार रुपैयाँ छ । यसै अवधीमा बैंकको निष्क्रीय कर्जा शूल्य दशमलब ३४ प्रतिशत छ भने कर्जा/निक्षेप अनुपात ७५ दशमलव २९ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *