तिनाउ विकास बैंक भैरहवामा

Post Date : August 11, 2017 | 4:34 pm

भैरहवा, २७ साउन । बुटवलको हस्पीटललाइनमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले आफ्नो १२ औं शाखा सिद्धार्थनगर नगरपालिका वडा नं. ८, नारायणस्थान भैरहवामा स्थापना गरेको छ । २०७४ साउन २७ गते शुक्रबारका दिन नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर शाखाका निर्देशक रेवति प्रसाद नेपालले एक समारोहका बिच उक्त शाखा को समुद्घाटन गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्र प्रसाद वझाले स्वागत मन्तब्य सहित बैंकको परिचय दिनुभएको थियो । बैंकले ग्रामिण स्तरमा शाखाहरुको संजाल विस्तार गरी ११ वटा पु्र्याइसकेको र अब भैरहवामा पनि अत्याधुनिक बैंकिङ्ग सहित सेवा प्रदान गर्न प्रतिवद्ध रेहेको अध्यक्ष वझाले बताउनुभयो । पछिल्लो समयमा राम्रो प्रगति गरिरहेको र विकास बैंकहरुमा आप्mनो राम्रो स्थान बनाउन सफल तिनाउ विकास बैंकको यस ठाउँमा उपस्थिति स्वागत योग्य रहेको र उत्पादनशील क्षेत्रमा अझै लगानी वृद्धि गरी अगाडी बढ्नुपर्ने र यस संस्थाले गरेका सामाजिक उत्तरदायित्व प्रति राम्रो काम गरेको बताउनु भयो । साथै यस क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु र व्यापारी तथा व्यापारिक संस्थाहरु नेपाल सरकार र राष्ट्र बैंकले जारी गरेका निर्देशनहरुलाई हातेमालो गरेर अगाडी बढ्नु पर्ने धारणा समेत व्यक्त गर्नु भयो । हाल सम्म झण्डै ४ अर्ब निक्षेप संकलन गरी ३ अर्ब २५ करोड कर्जा लगानी गरेको बैंकले गत आर्थिक वर्षमा १५ करोड १९ लाख संचालन मुनाफा आर्जन गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

रुपन्देही, नवलपरासी र चितवन कार्यक्षेत्र भएको बैंकले ग्राहकलाई एटिएम सेवा, रेमिट्यान्स सेवा, लकर सुविधा, कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा, विहानी काउण्टर, मोबाईल बैंकिङ, नेपाल टेलिकमको पीएसटीएन, एडीएसएल, प्रिपेड तथा पोष्टपेड मोबाइलको बिल भुक्तानीजस्ता सेवा प्रदान गरिरहेकोे र शेयर लगानीकर्ताहरुको लागि आश्वा सेवा समेत निःशुल्क प्रदान गरिरहेको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *