तिहारअघि शेयरबजार उकालो नलाग्ने संकेत, नेप्से १७.८९ अंकले घट्यो

Post Date : October 25, 2016 | 3:22 pm

काठमाडाैं, ९ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १७.८९ अंकले घटेर १७५१.०० बिन्दुमा पुगेको छ । कुल ४५५३ कारोवारबाट ७ लाख ६४ हजार ९२४ कित्ता शेयर किनबेच भई ७१ करोड ३२ लाख ३२ हजार ५०६ रुपैयाको कारोवार भएको छ ।

साताको तेस्रो दिन पनि शेयरबजार पूरै सूचकहरू रातो भई अोरालो लागेको छ ।

वाणिज्य बैंकहरुको १९.४६ अंकले घटेर ४१ करोड ८६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको ३५.६३ अंकले घटेर २७ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको १७.४३ अंकले घटेर ८ करोड २२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने जलविद्युत समूहको ०.५१ अंकले घटेर १ करोड २६ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ । फाइनान्स समूहको २.३९ अंकले घटेर १ करोड ३८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको १३३.४६ अंकले घटेर १६ करोड ८४ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको ६ करोड ५४ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा एभरेष्ट बैंक लिमिटेडको ५ कराेड ८ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *