तीजको अवसर पारेर नेपाल टेलिकमले ल्यायो शुभरात्री प्याकेज

Post Date : September 1, 2016 | 4:57 pm

काठमाडौं, १६ भदौ । नेपाल टेलिकमले Festival Offer को रुपमा GSM Prepaid मोबाइल प्रयोगकर्ताहरुका लागि शुभ रात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ । उक्त अफर आगामी २०७३।०५।१८ देखि १५ दिन (२०७३।०६।०१) सम्म लागू हुनेछ ।

५०० एमबी डाटा भोलुमको रु. ४०/– (७ दिनको समयावधि)
१२०० एमबी डाटा भोलुमको रु. ८५/– (१५ दिनको समयावधि)

उपभोक्ताले ५०० MB Data Subscribe गर्नका लागि SPECIAL500MB र 1200 MB Data Subscribe गर्नका लागि SPECIAL1200MB लेखेर १४१५ मा SMS पठाउनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *