तीजको उपलक्षमा यती डेभलपमेन्ट बैंकको महिलाहरुलाई बैंकिङ्ग साक्षरता कार्यक्रम

Post Date : August 28, 2016 | 6:20 pm

काठमाडौं, १२ भदौ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको यती डेभलपमेण्ट बैंकले तीजको उपलक्षमा महिलाहरुलाई लक्षित गरी यही मिति २०७३ भाद्र ११ गते बैंकको पालुङ्ग शाखामा “लघुवित्त तथा वित्तीय सुरक्षा सम्बन्धी १ दिने कार्याशाला गोष्ठी” सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५०० बढी कृषि, पशुपालन तथा घरेलु व्यवसायहरूमा आवद्ध महिला उद्यामीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकको सामाजिक उत्तरदायित्व शाखाकी प्रमुख दिपान्ली खकुरेल तथा हिम राज दवाडीले वित्तीय साक्षरता तथा लघुवित्तको परिचय यसको महत्व र फाइदाको विषयमा प्रशिक्षण दिनु भएको थियो ।

त्यसैगरी ए.टि.एम कार्ड तथा मोबाइल बैंकिङमा महिलाहरुको पहुँचमा पुरयाउने उद्देश्यले बैंकका कर्मचारी आस जरेजुले ए.टि.एम तथा मोबाइल बैंकिङको उपयोगिताको तथा त्यसको प्रयोगको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा महिलाहरु बिच बत्ती कात्ने प्रतियोगिता गराई उत्कृष्ट तीन प्रतियोगी र काली देवी महिला समूहको उत्कृष्ट १९ जना सदस्यहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो । साथै तीज विशेष कार्यक्रम अन्तर्गत महिलाहरुद्वारा तीज गीत तथा नाचगान प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *