तीन बैंकले पाए आस्बा (एएसबिए) प्रणाली

Post Date : January 6, 2017 | 11:49 am

काठमाडौँ, २२ पुस । नेपाल धितोपत्र बोर्डले माघ १ गतेदेखि सार्वजनिक निष्काशनमार्फत धितोपत्र खरिद गर्न लागू गर्न लागिएको आस्बा प्रणालीमा आवद्ध हुन नेपाल इन्भेष्टमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक र देवः विकास बैंकलाई अनुमति दिएको छ । बैंकले यी तीनवटा बैंकलाई पुस २० गते अनुमति दिएको हो ।

सेयर खरिद गर्न आवेदन दिँदा लगानीकर्ताहरूको बैंकमा रहेको खातामा आवेदन बराबरको रकम रोक्का गर्ने र पछि सेयर परेको रकम कट्टा गरी बाँकी रकम खातामै रहिरहने प्रणालीलाई आस्बा (एप्लिकेसन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट) भनिन्छ ।

नेपाल धितोपत्र बोर्डबाट यसअघि ११ वटा बैंक तथा वित्तीय संस्थाले आस्बा प्रणालीमा सहभागी हुन अनुमति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *