तीन बैंकले १४ मेगावाटको घार खोलामा १ अर्ब ६९ करोड रुपैयाँ ऋण दिने

Post Date : April 11, 2017 | 9:11 am

काठमाडौँ, २९ चैत । म्याग्दी जिल्लाको शिख र घार गाविसमा निर्माण हुन लागेको १४ मेगावाट जलविद्युत आयोजनालाई तीन बैंकले ऋण दिने भएका छन् । एनएमबी बैंकको अगुवाईमा एनआइसी एसिया बैंक र कैलाश विकास बैंकले १ अर्ब ६९ करोड रुपैयाँले ऋण दिने सम्झौता हालै सम्पन्न भएको छ । सम्झौतापत्रमा म्याग्दी हाइड्रोपावर प्रा.लि.का अध्यक्ष भरत नेपाल र एनएमबी बैंकका कर्पोरेट बैंकिङ प्रमुख नविन मानन्धरले हस्ताक्षर गर्नु भएको छ । आयोजनाको कुल अनुमानित लागत २ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *