तीन वाणिज्य बैंकले सामूहिक लगानी कोष ल्याउने तयारी गर्दै

Post Date : November 7, 2016 | 1:33 pm

काठमाडौँ, २२ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी बैंक र सिद्धार्थ बैंकले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ल्याउने नयारी गरेका छन् । यी तीनवटा बैंकले विभिन्न योजनासहित २ अर्ब ८० करोड रुपैयाको म्युचुअल फण्ड बजारमा ल्याउन लागेका छन् । यसका लागि नेपाल धितोपत्र बोर्डमा यी बैंकहरूले निवेदन दिइसकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडमार्फत ‘एनआईबिएल प्रगति फण्ड’, लक्ष्मी बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत ‘लक्ष्मी भ्यालु फण्ड’ र सिद्धार्थ बैंकले सिद्धार्थ क्यापिटल मार्केट मार्फत ‘सिद्धार्थ इक्युइटी फण्ड’ नामक योजना ल्याउने तयारीमा छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ६० करोड रुपैया, लक्ष्मी बैंकले १ अर्ब रुपैया र सिद्धार्थ बैंकले १ अर्ब २० करोड रुपैया बराबरको म्युचुअल फण्ड निष्काशनको लागि निवेदन दिएका हुन् ।

नबिल बैंकको १ अर्ब रुपैयाको ‘नबिल इक्युइटी फण्ड’ र एनएमबी बैंकको ८० करोड रुपैयाको ‘एनएमबी हाइब्रिड फण्ड एल–१’ बजारमा निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *