तीन सय प्रतिशत घरजग्गा कर वृद्धिको विरोधमा धर्ना

Post Date : July 13, 2016 | 8:30 pm

काठमाडौँ, २९ असार । सङ्घीय गठबन्धन आन्दोलन, नेवाः ऐक्यबद्धता समूहले काठमाडौँ महानगरपालिकाले ३०० प्रतिशतभन्दा बढी घरजग्गा कर वृद्धि गरेको विरोधमा आज महानगरपालिकाको कार्यालयमा एक घण्टा धर्ना दियो ।

धर्नामा महानगरपालिकाका पूर्व जनप्रतिनिधि, नागरिक अगुवाका साथै स्थानीयवासीको सहभागिता थियो ।

धर्नापछि नेवाः ऐक्यबद्धता समूहका संयोजक डा महेशमान श्रेष्ठले महानगरपालिकाका कार्यकारिणी अधिकृत रुद्र सिंह तामाङलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

कार्यकारिणी अधिकृत तामाङले ज्ञापनपत्रको भावनाअनुसार सम्बन्धित निकायमा जानकारी गराइने विश्वास दिलाउँदै कर वृद्धि अर्थ मन्त्रालयको निर्णयअनुसार भएको बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *