तीव्ररुपमा सामूहिक आवास निर्माण हुँदै

Post Date : June 11, 2016 | 11:02 am

धुन्चे (रसुवा), २९ जेठ । भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्न लागेको सामूहिक आवासको निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ ।

हाकु गाविसबाट विस्थापित भई धुन्चे सदरमुकामको इमरुङ क्षेत्र त्रिशूली नदी छेउमा बसोबास गर्दै आएका विस्थापित परिवारालई सहज बासस्थान दिलाउन लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नाराप्रणदल सहयोग गरेको हो ।

रसुवा नागरिक समाजका अनुसार सेनाका जनशक्ति अहोरात्र सामूहिक भवन निर्माणमा खटिरहेको र आवासको साथै महिला र पुरुषक लागि छुट्टाछुट्टै शौचालय, स्नानगृहसमेत निर्माण गरेका छन् ।

भूकम्पपीडितका लागि नेपाली सेनाले निर्माण गर्दै गरेको सामूहिक आवासबाट यस क्षेत्रमा बस्ने विस्थापित परिवारले प्रशंसा व्यक्त गरेका छन् ।

आगामी असार १० गतेभित्र २० परिवारका लागि प्रिफेम मोडेलको सामूहिक आवास निर्माण सम्पन्न गरी सम्बन्धित निकायलाई बुझाइसक्ने जनाइएको छ । नवनिर्मित सामूहिक आवासका आसपासमा फूल बिरुवा रोप्ने व्यवस्था मिलाइ स्वच्छ वातावारणको नमुना देखाउने समेत सेनाले छ ।

यस्तै नेपाली सेना नारायणदल गणले स्याफ्रबेँसी इलाका क्षेत्रमा आठ परिवारका लागि सामूहिक आवास निर्माण गरिरहेको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *