तेइस करोड राजस्व उठ्यो

Post Date : August 11, 2016 | 4:33 pm

भीमदत्तनगर, २७ साउन । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आवमा रु २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ ।

गत आवमा कार्यालयले वार्षिक रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

“वार्षिक लक्ष्य तीन महिना अघि नै पूरा गरिसकेका थियाँै,” उहाँले भन्नुभयो– “पाँच वर्षयताकै बढी राजस्व सङ्कलन भएको छ ।” भारतीय अघोषित नाकाबन्दीका कारण मुलुकका अन्य नाका असहज बनेपछि राजस्व सङ्कलन लक्ष्य रु २० करोड ४४ लाख पु¥याएको उहाँ बताउनुहुन्छ ।

“देशभरकै राजस्व सङ्कलनलाई समायोजन गर्न हामीलाई रु १४ करोडबाट रु २० करोड राजस्व सङ्कलनको लक्ष्य दिइएको थियो,” रेग्मीले भन्नुभयो । कार्यालयले समायोजित लक्ष्यभन्दा रु दुई करोड बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।

चार वर्ष अगाडीसम्म वार्षिक सङ्कलन लक्ष्य रु चार करोड २० लाख मात्रै भए पनि पछिल्ला वर्षमा राजस्व सङ्कलन उल्लेखनीय रुपमा वृद्धि हँुदै गइरहेको छ । राजस्व सङ्कलनका साथै भन्सार कार्यालयको आन्तरिक सुधार समेत हुँदै गएको छ । भन्सारमा राखिने नयाँ प्रविधि जडानमा पनि काम भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *