त्रिवेणी विकास बैंकको पाँच स्थानमा शाखा विस्तार

Post Date : March 20, 2017 | 11:38 am

काठमाडौँ, ७ चैत । त्रिवेणी विकास बैंकले रुपन्देहीको मोतिपुर, पाल्पाको सारही, छहरा र ताहुँ, अर्घाखाँचीको पोखरा चोकमा शाखा विस्तार गरेको छ । यी शाखाको उद्घाटन बैंकका अध्यक्ष लालबहादुर के.सी.ले गर्नु भएको छ । यी पाँच शाखासँगै बैंकको शाखा संख्या २८ पुगेको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को दोस्रो त्रैमासिकसम्ममा ९ अर्ब ५९ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरी ११ करोड १५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निस्क्रिय कर्जा २ दशमलब छढ प्रतिशत रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ दशमलब ९५ प्रतिशत छ । बैंकको चुक्ता पूँजी १ अर्ब ३५ करोड १९ हजार ७ सय ९० रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *