त्रिवेणी विकास बैंकको ३,५८,०६० कित्ता हकप्रद शेयर बिक्री

Post Date : January 15, 2017 | 2:03 pm

काठमाडौँ, २ माघ । त्रिवेणी विकास बैंकले संस्थापक र सर्वसाधारण तर्फको हकप्रद शेयर बिक्रीको लागि आह्वान गरेकोमा बिक्री नभएको हकप्रद शेयरको माघ १३ गतेदेखि माघ २० गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेको छ ।

बैंकको बाँडफाँड भई बाँकी रहेको संस्थापक तर्फको १ लाख २८ हजार ९ सय १६ दशमलब ९७ कित्ता र सर्वसाधारण तर्फको २ लाख २९ हजार १ सय ४३ दशमलब ४५ कित्ता हकप्रद शेय बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. १००।– तोकिएकोले सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम सय कित्ता वा सोभन्दा बढी १० ले भाग जाने सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । बैंकको बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड, लालदरबार, काठमाडौँमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *