त्रिशुली गल्छी जलविद्युतको हकप्रद शेयर आउने

Post Date : September 15, 2016 | 4:10 pm

काठमाडौं, ३० भदौ । अपि पावर कम्पनीले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डबाट निष्काशन अनुमति प्राप्त हुनासाथ प्रक्रिया अघि बढ्ने जनाएको छ ।

कम्पनीले ७५ मेगावाटको त्रिशुली मल्टी जलविद्युत आयोजना निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो । १ बराबर २ हकदप्रद शेयर निष्काशन सम्बन्धी निर्णय कम्पनीले २०७२ चैत्रमा सम्पन्न साधारण सभाले पारित गरिसकेको छ ।

१४ अर्ब रुपैयाको लगानीमा निर्माण गर्न लागिएको त्रिशुली गल्छी जलविद्युत आयोजनाको १० प्रतिशत लगानी यस परियोजनाको प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले गर्नेछ । त्यसैगरी १० प्रतिशत स्थानीयवासी, १५ प्रतिशत आईपिवो र ६५ प्रतिशतका लागि मात्रै अपि पावरबाट उठाउने जनाइएको छ ।

हकप्रद निष्काशन गरेको ४ वर्षको अवधिमा त्रिशुली गल्छी जवविद्युत आयोजनाको निर्माण सम्पन्न हुनेछ ।

आयोजनको डिजाइनको काम सकिएको छ भने जग्गा मुआब्जा दिने काम पनि ७० प्रतिशत सकिएको कम्पनीले जनाएको छ ।

अपी पावर कम्पनीले ७५ मेगावाटको त्रिशुली गल्छी सहित ४० मेगावाटको अपर चमेलिया र ८ मेगावाटको अपर नौगढगाढ जलविद्युत आयोजना निर्माण गर्ने घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *