दक्षिण कोरियामा युवा बेरोजगार दर बढ्यो

Post Date : June 15, 2016 | 6:49 pm

सोल, १ असार । दक्षिण कोरियामा मे महिनामा युवाको बेरोजगारी दर बढेको समाचार छ । यसअघिको तुलनामा मे महिनामा दक्षिण कोरियाको युवा बेरोजगार दरमा बृद्धि भएको हो ।

दक्षिण कोरियाको सरकारी तथ्यांकअनुसार यस महिना गत वर्षको तुलनामा युवा बेरोजगार दरमा बृद्धि भएर ९.७ पुगेको छ ।

यो तथ्यांक विगत वर्षको तुलनामा यसवर्ष ०.४ प्रतिशतले बृद्धि हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको हो ।

यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा बृद्धि भएको र मे महिनामा यो दर ९.७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो ।

यो उमेरका युवाको बेरोजगारी दरमा बृद्धि हुदै गएको छ । यसअघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८.७ प्रतिशत थियो भने सन् २०१४ यसमा बृद्धि भएर ९.३ पुगेको थियो ।

बिगतका यी दुई वर्षहरुको तुलनामा यसवर्ष पनि बेरोजगारी दरमा बृद्धि भएको हो । यो बृद्धि दर सन् २०१५ को मे महिनाको तुलनामा ०.४ प्रतिशत रहेको तथ्यांक विभागले जनाएको छ ।

तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने बृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *