दक्षिण कोरियामा विदेशी कामदार १० लाखभन्दा बढी

Post Date : October 20, 2016 | 6:13 pm

सोल, ४ कात्तिक । दक्षिण कोरियामा विदेशी कामदारको सङ्ख्या १० लाखभन्दा बढी पुगेको दक्षिणी कोरियाली सरकारी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको छ ।

सो विभागका अनुसार गत मेसम्म दक्षिण कोरियामा बसोबास गरिरेहका १५ वर्षभन्दा माथिका १४ लाख २५ हजार विदेशी नागरिक रहेका छन् ।

दक्षिणी कोरियाली तथ्याङ्क विभागका अनुसार सो सङ्ख्या गत वर्षको तुलनामा ३.७ प्रतिशतले बढी रहेको छ ।

तीमध्ये आर्थिक क्रियाकलापमा सक्रिय भएका विदेशी सन् २०१६ को सुरुको चार महिनामा १० लाख पुगेको र ंमे सम्ममा आएर १० लाख पाँच हजार पुगेको बताइएको छ । आर्थिक क्रियाकलापमा सक्रिय रहेका ती विदेशी नागरिकमा करिब ६.६ प्रतिशत चिनियाँ र ७.४ प्रतिशत भियतनामीज रहेका दक्षिण कोरियाली तथ्याङ्क विभागले जनाएको छ ।

त्यहाँ रहेका विदेशीमा गत मे महिनासम्म नौ लाख ६२ हजारले रोजगारी प्राप्त गरेका छन् । सो सङ्ख्या गत वर्षको तुलनामा २.६ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

कामदारमध्ये १५ देखि २९ बर्षका २६.६ प्रतिशत र ४० वर्ष आसपासका झन्डै १९.५ प्रतिशत रहेका छन् ।

उद्योगहरुमा पनि ४५.४ प्रतिशत जागिर विदेशी कामदारले पाउने गरेका तथ्यांक विभागले जानकारी दिएको छ ।

‘होलसेल’ तथा खुद्रा पसल, रेस्टुरेन्ट र होटल तथा लजमा काम गर्नेको सङ्ख्या भने १९.७ प्रतिशत रहेका छन् ।

विदेशी कामदारमध्ये आधाभन्दा बढीले औसतमा हिसाव गर्दा आफ्नो जागिरबाट मासिक झण्डै १० लाखदेखि २० लाखसम्म पारिश्रमिक पाउने गरेका छन् ।

तीमध्ये ३७.९ प्रतिशतले २० लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेका छन् । झण्डै ८.९ प्रतिशत विदेशी कामदारले मात्रै ३० लाखभन्दा बढी मासिक पारिश्रमिक पाउछन् । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *