दशैंपछि खुलेको दोस्रो दिन पनि शेयरबजारमा सुधार अाउन सकेन

Post Date : October 17, 2016 | 3:37 pm

काठमाडाैं, १ कार्तिक । अाज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १०.३८ अंकले घटेर १७९३.३६ बिन्दुमा पुगेको छ । कुल ३६५३ कारोवारबाट ७ लाख ८३ हजार ९९८ कित्ता शेयर किनबेच भई ६३ करोड ६७ लाख ८६ हजार ८२२ रुपैयाको कारोवार भएको छ ।

दशैंपछि खुलेको दोस्रो दिनको शेयरबजार पनि सुधार हुन सकेन,  जलविद्युत र अन्य समूह बाहेकका अरु सबै समूह अोरालो लागेको छ ।

जलविद्युत समूहको १७.७६ अंकले बढेर १ करोड २० लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने अन्य समूहको ०.८७ अंकले बढेर ३८ लाख ८९ हजार २५० रुपैयाको कारोवार भएको छ ।

वाणिज्य बैंकहरुको १४.३९ अंकले घटेर ३३ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने होटल समूहको २२.७५ अंकले घटेर ४२ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । विकास बैंक समूहको ३.७४ अंकले घटेर ८ करोड ६९ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने  । फाइनान्स समूहको २.६९ अंकले घटेर ६८ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ भने बिमा समूहको ६२.०१ अंकले घटेर १७ करोड ६९ लाख रुपैयाको कारोवार भएकाे छ ।

कारोवार भएको रकमको अाधारमा अाज कारोवार भएको कम्पनीहरुमा सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको ७ करोड ५६ लाख रुपैयाभन्दा बढीको कारोवार भएको छ । त्यस्तै दोस्रोमा प्रभु इन्स्योरेन्स लिमिटेडको ५ कराेड ७३ लाख रुपैयाभन्दा बढीको कारोवार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *